वैशाख १६,२०८३ / ०७ : ४६ अपरान्ह / 2026-04-29 07:46 pm
      • param ad
      • furniture
      • veera Incorporation

      नेप्सेमा हरियो बाढी, एकै दिन ३६ अंकले बढ्दा कसले कमायो कसले गुमायो ?

      - ७ वर्ष अगाडि
      असार २१,२०७५

      काठमाण्डौ, सेयर बजारमा लामो समयपछि उत्साह देखिएको छ । पछिल्लो समय लगातार ओरालो लाग्ने गरेको सेयर बजार साताको अन्तिम दिन बिहीबार ३६ दशमलव ०१ अंकले वृद्धि भएको हो । १ हजार १ सय ८८ दशमलव चार शुन्यको बिन्दुमा रहेको नेप्से परिसुचक १हजार २ सय २४ दशमलव चार एकको विन्दुमा पुगेर बन्द भएको छ ।

      साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्जमा हरियाली छाएको छ । बजार खुलेदेखि नै निरन्तर उकालो लगेर बन्दा भएको नेप्से ३६ दशमलव ०१ अंकले बढेर १ हजार २ सय २४ दशमलव ४१ को बिन्दुमा पुगेको हो । त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक पनि आज ७ दशमलव ५१ अंकले बढेर २ सय ५७ दशमलव ४६ अंकमा पुगेर बन्द भएको छ । 

      बिहिबार १ सय ६८ कम्पनीहरुका १२ लाख १ हजार ४ सय ३३ कित्ताको शेयर खरिदबिक्री भई ४६ करोड २० लाख १८ हजार ६ सय ३० रुपैयाँ कारोबार भएको छ । बिहिबार लगभग १० प्रतिशतभन्दा बढिले कमाउने ३ वटा कम्पनीहरुको शेयर रहेका छन् । जसमा युनाइटेड इन्स्योरेन्सका लगानीकर्ताहरुले सवार्धिक कमाएका छन् । जसको शेयर मूल्य १० प्रतिशतले कमाएको छ । त्यस्तै मिथिला लघुवित्त वित्तीय संस्थाको शेयर ९दशमलव ९६ प्रतिशतले र युनाइटेड मोदी हाइड्रोको शेयर ९ दशमलव ०९ प्रतिशतले बढेको छ । 

      त्यस्तै यस दिन सर्वाधिक गुमाउनेमा भने रैराङ्ग हाइड्रोपावरका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ७ दशमलव २७ प्रतिशतले घटेका छन् । बिहिबार १० वटा उपपरिसूचकहरुमा उत्पादक तथा प्रशोधन समुह ३७ दशमलव ३४ अंकले घटेको छ भने ट्रेडिङ्ग समुह स्थिर हरेको छ । सबैभन्दा बढी बढने समुहमा बीमा समुह रहेको छ जसको ३२२ दशमलव ४३ अंकले बढेको छ । 

      त्यस्तै माइक्रोफाइनाँसमा ८५ दशमलव ९ अंकले, होटल समुह ५८ दशमलव ६ अंकले, जलविद्युत समुह ५२ दशमलव ०२ अंक, विकास बैंक समुह ३७ दशमलव २८ अंक, बैकिंग समुह २६ दशमलव ७७ अंक, फाइनान्स समुह ८ दशमलव ७८ अंकले र अन्य समुह ८ दशमलव ४८ अंकले बढेको छ ।  

      मौद्रिक नीति सार्वजनिक हुने दिन नजिकिदै आएको बेलामा यसको सकारात्मक असर नेप्सेमा परेको अनुमान गरिएको छ । राष्ट्र बैंकले तयार पार्दै गरेको मौद्रिक नीतिमा शेयर कर्जाको सिमा ५० प्रतिशतबाट बढाउने अनुमान गरिएको छ भने शेयर कर्जाको भारित अंशलाई १५० बाट घटाउने अपेक्षा गरिएको छ । 

      अर्कातर्फ चाुल आर्थिक बर्ष सकिनै लाग्दा सरकारी खर्च बढ्दै जादा बैंकहरुमा तरलताको अवस्था सहज हुँदै गएकाले पनि सेयरबजारमा सकारात्मक प्रभाव परेको हो । बैंकहरुमा निक्षेप बढ्दै गएकाले कर्जाको ब्याजदर घट्ने अनुमान पनि गरिएको छ । यस्ते घटेको बजारमा सस्तो मूल्यमा शेयर उठाउने सक्रियता बढेकाले पनि बजार सुधारीएको हो ।


        सम्बन्धित समाचारहरु