वैशाख १६,२०८३ / ०७ : ४६ अपरान्ह / 2026-04-29 07:46 pm
      • param ad
      • furniture
      • veera Incorporation

      रघुगंगा जलविद्युत् आयोजनाको लागि सडक निर्माण शुरु

      - ७ वर्ष अगाडि
      असार १९,२०७५

      काठमान्डौ, नेपाल विद्युत् प्राधिकरणको शत्प्रतिशत लगानी रहेको रघुगंगा हाइड्रोपावर लिमिटेडले बनाउन लागेको आयोजनाको बाँध रहने स्थानसम्म पुग्ने पहुँच सडक निर्माणको काम शुरु भएको हो । 

      गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले आइतबार मौवाफाँटदेखि झीँ र दग्नामको सिमाना बुक्लमा रहने बाँधस्थल जोड्ने सडकको शिलान्यास गर्नुभएको थियो । रु छ अर्बमा ठेक्का सम्झौता गरेको भारतीय कम्पनी जेपी एशोसिएट्सले पूर्वाधार निर्माणको काम शुरु गरेको कम्पनीका प्रबन्ध सञ्चालक श्रीराम पाण्डेले बताउनुभयो । 

      आगामी चार महिनाभित्र पाँच किलोमिटर सडक निर्माण गरेर बाँधस्थलसम्म पु¥याउने लक्ष्य रहेको पाण्डेले जानकारी दिनुभयो । २०७४ साल मंसिर ७ गते ठेकेदार कम्पनीसँग भएको सम्झौतालाई ऋण लगानीकर्ता भारतीय एक्जिम बैङ्कले २०७५ साल जेठ ९ गते स्वीकृत गरेपछि कम्पनीले जेठ १० गते नै काम शुरु गर्न पत्राचार गरेको थियो । 

      सिभिल ठेकेदारले बाँध, सुरुङ र विद्युत्गृहको काम एकैसाथ अघि बढाउने कार्ययोजना बनाएको छ । कम्पनीका अनुसार दोस्रो चरणमा इलेक्ट्रिमेकानिक ठेक्काको प्रक्रियासमेत अघि बढेको छ । आगामी ३९ महिनामा आयोजना सञ्चालन गर्ने सम्झौतामा उल्लेख छ । 

        सम्बन्धित समाचारहरु