काठमाडौं, बजार घटेर न्युन विन्दुमा झरे संगै नामचलेका कम्पनिको सेयर सस्तो मुल्यमा किन्न केही लगानीकर्ता हौसिएपछि मंगलबार सेयर बजारमा केही सुधार भएको छ ।
राम्रो कम्पनिको सेयर कम मुल्यमा पाउन थालेपछि लगानीकर्ता उक्त अवसरलाई सदुपयोग गर्दै सेयर खरीदमा लागेका कारण मंगलबारको सेयर कारोबार स्थिर बनेको हो । त्यसो त धेरै लगानीकर्ताहरु आगामी साता सार्वजनिक हुने मौद्रिक नितिको पर्खाईमा समेत रहेका छन् । कतिपय लगानीकर्ता सेयरमा लाग्ने विभित करको विषयमा उठीरहेका अन्यौ चांडै अन्त्य भएको हेर्न आतुर रहेका छन् । उता दोस्रो बजार नै डामाडोल अबस्थामा रहेको छ । जुन प्राथमिक बजारमा पछिल्लो पटिल्लो दिन सेयर कारोबारमा बाढी नै आएको छ ।
धितोपत्र बोर्डले लामो समयदखी होल्डमा राखेका कम्पनिहरुलाई निरन्तर एफओि र आईपिओ निसकाशनको अनुमति दिईरहेको छ । त्यसकारण जोखीमपूर्ण दोस्रो बजारमा लगानी गर्न छाडेर कतिपय लगानीकर्ताहरु प्राथमिक बजार तर्फ मोडिदा बजारले आशा गरेजाित गति लिन सकेको छैन । मंगलबार नेप्से परिसुचक ०.६५ अंकले बडेको छ ।
मंगलबार क बर्गका कम्पनिहरुमा केही फरक देखीएपनि सेन्सेटिभ ईनडेक्स ०.२२ अंकले बढ्न गयो भने समग्र कारोबार मापक ०.११ अंकले बढ्न गयो । त्यसैगरी वैंकिङ समूह ३.५३ अंकले,होटल समूह ६.५३ अंकले,बित्त समूह १.९८ अंकले र उत्पादनमूलक १५.४४ अंक तथा अन्य समूह ०.७१ अंकले बढेको छ । साथै विकास बैंक समूहमा ०.१६ अंकाको गिरावट आएको छ ।
त्यसैगरी जलविद्युत् समूह १६.४७ अंकले घटेको मंगलबार बिमा समूह २८.६७ अंक र माईक्रोफाईनान्स समूह ९.५४ अंकले घटेको छ ।








