वैशाख १६,२०८३ / ०७ : ४६ अपरान्ह / 2026-04-29 07:46 pm
      • param ad
      • furniture
      • veera Incorporation

      रुपन्देहीमा खड्कियो पेट्रोलियम पदार्थको अभाव

      - ७ वर्ष अगाडि
      असार १९,२०७५

      काठमाडौं, भारतीय बजारमा पेट्रोलियम पदार्थको उतारचढाव र ढुवानी गर्ने सवारी साधन कम भएका कारण रुपन्देहीमा पेट्रोलियम पदार्थको अभाव देखिएको छ । 

      विशेषगरी सैनामैना नगरपालिकामा केहीदिनयतादेखि पेट्रोलियम पदार्थको अभाव हुँदा धान रोप्ने समयमा कृषकलाई ट्र्याक्टर सञ्चालन गर्नसमेत अप्ठेरो भएको सम्बद्ध कृषकले बताएका छन् । सैनामैनाको गैरे आयल डिस्टिब्युटर्स, सुद्धोधन गाउँपालिकाको अञ्जनी आयल स्टोर्सलगायतका पेट्रोल पम्पमा पेट्रोलियम पदार्थको अभाव देखिएको छ । 

      जिल्ला पेट्रोलियम डिलर्स एशोसिएसनका कोषाध्यक्ष विशाल गैरेले जिल्लामा पेट्रोलियम पदार्थको ठूलो समस्या नभएको जिकिर गर्दै केही ठाउँबाहेक अधिकांश ठाउँमा पेट्रोलियम पदार्थ पाइएको बताए । उनले पेट्रोलियम पदार्थको हाहाकार नै नभएको उल्लेख गर्दै भारतीय बजारमा आएको उतारचढाव र ढुवानी गर्ने सवारी साधनका कारण केही समस्या देखिएको बताए । 

      कोषाध्यक्ष गैरेले जिल्लामा अहिले १५० ट्र्याङ्करले पेट्रोलियम पदार्थको ढुवानी गरेको जानकारी दिँदै दैनिक रुपन्देहीमा सात लाख लिटर पेट्रोलियम पदार्थ खपत हुने गरेको जानकारी दिए ।

      http://www.chinaripost.com/pagegallery/2018070336.jpg

        सम्बन्धित समाचारहरु