काठमाडौं, नुवाकोटमा निर्माणाधिन ६० माथील्लो त्रिशुली ३ ए जलविद्युत् आयोजनाले एक वर्ष भित्रमा विद्युत् उत्पादन सुरु गर्ने भएको छ ।
उक्त निर्माणधिन जलविद्युत् आयोजनावाट आगामी ०७६ असार महिनाबाट ६० मेगावटको विद्युत् उत्पादन गर्न लागेको हो । सो परियोजनाको ८८ प्रतिशत काम सम्पन्न भईसकेको छ । सिभिल संरचना निर्माणको काम अन्तिम चरणमा पुगेकाले आगामी महिनाबाट विद्युत् गृहमा ईलेक्ट्रोमेकानिकल उपकरणहरु जडान गर्न सुरु गर्ने आयोजना प्रमुखले जानकारी दिए ।
चाईना गेजुबा ग्रुब कर्पोरेसन ले सिभिल संरचना निर्माणको काम अन्तिम चरणमा पु¥याएको आयोजनामा हाईड्रो मेकानिकल तर्फ ६५ प्रतिशत काम पुरा भईसकेको छ । आयोजनाबाट उत्पादन भएका विद्युत् २२० केभी त्रिशुली ३ वि हव सव स्टेसनमा जोडीने छ । जसका लािग हव तयार नभए पनि आयेजनाले नै निर्माण गरीरहेको मातातिर्थ प्रशारण लाईन मार्फत मातातिर्थ सवस्टेसनमा जोडीने तयारी भएको छ ।
उता प्रशारण लाईनको ४५ प्रतिशत काम समेत सम्पन्न भएको छ । आयोजना पूरा हुंदा हव तयार नभए पनि विद्युत् खेर नजाने आयोजनाले जनाएको छ । ४५ किलोमिटर लामो त्रिशूली मातातीर्थ २२० केभी प्रसारण लाइन आयोजनाले निर्माण गरिरहेको छ । विद्युतगृहदेखि हबसम्म १३२ केभी र हबदेखि मातातीर्थसम्म २२० केभी डबल सर्किट लाइन निर्माण जारी रहेको छ ।
आयोजना र प्रसारण लाइन पूरा हुँदा १२ अर्ब १२ करोड रुपैयाँ खर्च हुने आयोजना निर्माण कम्पनिको अनुमान छ ।








