वैशाख १६,२०८३ / ०७ : ४५ अपरान्ह / 2026-04-29 07:45 pm
      • param ad
      • furniture
      • veera Incorporation

      उद्योगलाई प्रधान र व्यापारलाई सहायक बनाएर उद्योग व्यवसायी अघि बढौं : मन्त्रि यादव

      - ७ वर्ष अगाडि
      असार १४,२०७५

      काठमाडौं, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उद्योग सञ्चालनमा जोड दिन सम्पूर्ण उद्योग व्यवसायीलाई आग्रह गरेका छन् । 

      विहिवार कञ्चनपुरको भीमदत्तनगरमा कञ्चनपुर उद्योग वाणिज्य संघको २९ औँ वार्षिक साधारणसभामा उद्योगमन्त्री यादवले उद्योगलाई प्रधान र व्यापारलाई सहायक बनाउन आग्रह गरेका हुन् । उनले भने  उद्योगलाई प्रधान र व्यापारलाई सहायक बनाएर आउनूस् सरकार हातेमालो गरेर जान तयार छ । उनले उत्पादनलाई जोड दिनुपर्ने बेला आएको बताए ।

      हरेक प्रदेशमा सरकार उद्योग स्थापना गर्न अघि बढिरेहको बताउँदै उनले पर्याप्त उद्योग सञ्चालनमा आए युवाले स्वदेशमै रोजगारी पाउने धारणा व्यक्त गरे । “कृषि प्रधान देश भनेर नेपाललाई चिनिने तर रोजगारी गर्न भारत जाने र भारतबाट चामल आयात गर्ने भएकोले अव सरकारले उत्पादन, कृषि र उद्योग लगायतलाई बजेटमा प्राथमिकतामा राखेको बताए । 

      विकासमा राजनीति गर्न नहुने उनको भनाइृ छ । पहाडलाई सम्पत्ति बताउँदै उनले जडीबुटीको अपार खानी पहाड भएको बताए । 

        सम्बन्धित समाचारहरु