काठमाडौं, सेयर वजारमा पछिल्लो केही दिन देखी परिवर्तन आएको छ ।
साताको अन्तिम दिन विहिवारको कारोवार नेप्से परिसुचक ०.८८ अंकको गिरावटी आएपनि कारोवार भने बढ्दो रहेको छ । जसको कारण बजारमा लगानीकर्ताको केही सक्रियता बढेको छ । विहिवार बजार परिसुचक स्थिर रहेको थियो भने र कारोवार ७ करोडले वृद्धि भयो । परिसुचक स्थिर भए क वर्गका कम्पनिहरको कारोवारमा आकर्षण देखीएको छ । जस अन्तर्गत सेन्सेटिभ ईन्डेक्स ०.१२ अंकले बढेको छ भने समग्र कारोवार मापक ०.२ अंकले बढेको छ ।
विहिवार बैंकिङ समूहको नेप्से कारोवार ०.७१ अंकले बढेको छ भने जलविद्युत् समूहमा १.६५ अंक र वित्त समूहमा ३.३३ अंकले बढेको छ । त्यसैगरी होटल समूह ७.४८ अंकले,विकास बैंक समुह ३.४३ अंकले,माईक्रोफाईनान्स समूह ०.४९ अंकले, विमा समूह १५.६७ अंकले, उत्पादनमुलक क्षेत्रको १६.१२ अंकले र अन्य समूह २.८६ अैकले घटेका घटेको छ ।








