काठमाडौं, साताको पहिलो दिन आइतबारको कारोवारमा नेप्से परिसूचकमा १.३५ अंकले बढेको छ ।
नेप्सेमा सामान्य सुधार भई १२१९.८१ अंकमा सीमित हुन गएको हो । हो । आईतवारको कारोबार रकम २१ करोडको हाराहारीमा पुगेको छ ।‘क’ वर्गका कम्पनीको कारोबारमा सुधार भएका कारण सेन्सेटिभ इण्डेक्स ०.२९ अंकको बढेको हो । त्यसैगरी समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.१८ अंकको वृद्धि भएको छ । जसमा ५ समूहको सूचक बढेको छ भने बाँकी ४ समूहको सूचकमा गिरावट आएको छ ।
बैंकिङ समूह १.८९ अंकले वृद्धि भयो भने विकास बैंक समूह २.२८ अंक, बित्त समूहमा ३.४५ अंक, बिमा समूह २२.९२ अंक र उत्पादनमूलक १२.०२ अंकले बढेको छ । तथापी होटल समूह १२.१२ अंकले घट्यो भने जलविद्युत समूह ७.३७ अंक, माइक्रोफाइनान्स समूह २.४ अंक र अन्य समूह २.६ अंकले घटेको छ । बजारमा १६७ कम्पनीका ७ लाख ५० हजार ९ सय २६ कम्पनीका सेयर २० करोड ९३ लाख ८५ हजार ७ सय ९८ रुपैयाँमा कारोबार भएको छ ।
दिन नेशनल लाइफ इन्स्योरेन्सको २ करोड ७ लाख बराबरको संस्थापक सेयर किनबेच भयो भने कामना सेवा विकास बैंकको ७४ लाख बढीको संस्थापक सेयर कारोबार भएको बजारमा ओम डेभलपमेन्ट बैंकले १ करोड १४ लाख बढीको कारोबार गरेको छ । त्यसै गरी नेको इन्स्योरेन्सले ६५ लाख, एभरेष्ट बैंकले ६४ लाख, मेगा बैंकले ६३ लाख, ग्रामीण विकास लघुवित्त बित्तीय संस्थाले ५७ लाख, स्ट्याण्डर्ड चार्टर्डले ५७ लाख, नेपाल बैंकले ५३ लाख बढीको कारोबार गरे ।
आरम्भ माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यो कम्पनीको मूल्य ६.८३ प्रतिशतले बढेको छ । यस्तै, जेबिल्स फाइनान्सको सेयर मूल्य पनि ५.८८ प्रतिशतले वृद्धि हुन गयो ।
उता हाइड्रो डेभलपर्स लिमीटेडका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा घट्न पुग्यो ।








