वैशाख १६,२०८३ / ०७ : ४५ अपरान्ह / 2026-04-29 07:45 pm
      • param ad
      • furniture
      • veera Incorporation

      १२ करोडको लगानीमा फनपार्क निर्माण

      - ७ वर्ष अगाडि
      असार १०,२०७५

      दाङ,  क्रीडा तथा मनोरञ्जनका लागि निजी क्षेत्रबाट करीब रु १२ करोडको लगानीमा नारायणपुरमा फनपार्कको निर्माण शुरु गरिएको छ । 

      घोराही उपमहानगरपालिका वडा नं १० दक्षिण अमराईमा ‘मनोरञ्जन उद्यान’ फनपार्क निर्माणको कार्य शुरु गरिएको हो । उक्त उद्यानमा बाल मनोरञ्जनका सम्पूर्ण सामान राखिने सञ्चालक पोषणविक्रम रावतले जानकारी दिनुभयो । 

       स्थानीय परिकार र उत्पादन प्रवद्र्धनका साथै घोराही क्षेत्रको पहिचान झल्काइने रावतको भनाइ छ । निर्माणाधीन फनपार्कमा एकीकृतरुपमा पार्टी प्यालेस तथा सभाहल, वाटर पार्क, गेम जोन, लजिङ तथा फुडिङ, होटल तथा रेष्टुरेन्ट सञ्चालनमा ल्याउने योजना छ । गोरक्ष रत्न पात्र देव गुठीको करीब चार बिगाह जग्गा ३० वर्षका लागि भाडामा लिएर फनपार्क निर्माण शुरु गरिएको हो । 


        सम्बन्धित समाचारहरु