वैशाख १६,२०८३ / ०६ : ०५ अपरान्ह / 2026-04-29 06:05 pm
      • param ad
      • furniture
      • veera Incorporation

      मंगलबार फेरि सेयर बजार खुम्चियो

      - ७ वर्ष अगाडि
      असार ५,२०७५

      काठमाडौं, मंगलबार फेरि सेयर बजार खुम्चिएको छ । 

      अनलाइन कारोबार प्रणाली पछाडि धकेलिने कुराले लगानीकर्ता अन्यौलग्रस्त हुँदा नेप्से परिसूचक ८.९७ अंकले घटेर १२२६.१८ को विन्दूमा समेटिन पुगेको छ । नेप्सेका प्रमुख कार्यकारी अधिकृतले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली समयमा आउने बताईरहदा लगानीकर्ताको मनोबल थप खस्किन गएको हो । पछिल्लो समय करको अन्यौलले बजार घट्छ भने कुनै खबर विशेषको प्रभावले घटिरहेको हुन्छ । म.गलवार बैंकिंग समूह ५.८६ अंकले घट्यो भने विकास बैंक, बिमा, माइक्रोफाइनान्स समूहमा क्रमशः १४.४८, ९३.९ र १४.२९ अंकले घटेक हो । त्यस्तै, होटल समूह ८.०५, जलविद्युत समूह २.६२, बित्त समूह ३.१२, उत्पादनमूलक १९.१२ र अन्य समूह ३.४६ अंकले घटे । 

      यो दिन बजारमा ‘क’ वर्गका कम्पनीहरुमा बिक्री चाप देखिएको छ । जसको कारण सेन्सेटिभ इण्डेक्स १.७१ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.६३ अंकको गिरावट देखिएको छ । मंगलवार बजारमा १ सय ५७ कम्पनीका ५ लाख ८७ हजार ५ सय ५८ कित्ता सेयर २० करोड ८४ लाख ८६ हजार १ सय ५५ रुपैयाँमा किनबेच भयो । 

      नेपाल बैंक लिमीटेडले सबैभन्दा बढी २ करोड ६७ लाख बढीको कारोबार गरेको छ । यस्तै, एनआइसी एशिया बैंकले २ करोड ६६ लाख, ग्रामीण विकास लघुवित्त बित्तीय संस्थाले ८१ लाख, एनएमबी बैंकले ७२ लाख बढीको कारोबार गरे । नागबेली लघुवित्त विकास बैंकको ६० लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा नेपाल लाइफ इन्स्योरेन्सले ५७ लाख, एभरेष्ट बैंकले ५५ लाख, चिलिमे हाइड्रोले ५४ लाख बढीको कारोबार गरे ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d