वैशाख १६,२०८३ / ०६ : ०७ अपरान्ह / 2026-04-29 06:07 pm
      • param ad
      • furniture
      • veera Incorporation

      नाडेप लघुवित्त बित्तीय संस्थाद्धारा आउदो असार १० गतेदेखि ४ लाख ८० हजार आइपीओ निश्कासन गर्दै

      - ७ वर्ष अगाडि
      असार १,२०७५

      काठमाडौं, नाडेप लघुवित्त बित्तीय संस्था लिमीटेडले यही असार १० गतेदेखि सर्वसाधारणका लागि ४ लाख ८० हजार कित्ता आइपीओ निश्कासन गर्ने निच्चित गरेको छ । 

      नाडेपले १०० रुपैयाँ अंकित मूल्यका कुल ४ करोड ८० लाख बराबरको आइपीओ निश्कासन गर्ने तयारी गरेको हो ।आइपीओमा छिटोमा असार १३ गतेसम्म र ढिलोमा साउन ७ गतेसम्म आवेदन दिन सकिनेछ । कुल निश्कासन हुने ४ लाख ८० हजार कित्तामध्ये ५ प्रतिशतले हुन आउने २४ हजार कित्ता नाडेपका कर्मचारीका लागि तथा २४ हजार कित्ता नै म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ । बाँकी ९० प्रतिशत भने सर्वसाधारणका लागि छुट्याइएको छ । 

      सो कम्पनीले कुल चुक्तापूँजीको ३० प्रतिशत सेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो । इच्छुक लगानीकर्ताले न्यूनतम २० कित्तादेखि अधिकतम २४०० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा नवील इन्भेष्टमेन्ट बैंकिंग लिमीटेड रहेको छ । इक्रा नेपालले यो कम्पनीको आइपीओलाई ग्रेड फोर प्लसको रेटिंग प्रदान गरेको छ । 

      नाडेपले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ४ करोड ४६ लाख खूद नाफा आर्जन गरेको थियो । उक्त कम्पनीको हाल चुक्तापूँजी ११ करोड २० लाख रुपैयाँ रहेको छ, आइपीओपछि बढेर १५ करोड ५७ लाखको उचाईमा पुग्ने अनुमान रहेको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d