काठमाडौं, धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले धेरै कारोबार भएकै कारण धेरै कर उठ्ने लोभले राजश्व अधिकारीहरुले पछिल्लो समय सेयर लगानीकर्ताहरुलाई निरुत्साहित बनाउने काम गरेको प्रति असन्तुष्ट जनाएका छन् ।
धितोपत्र बोर्डको रजत जयन्ती वर्ष समापन तथा २६ औं वार्षिकोत्सव विशेष समारोहलाई सम्बोधन गर्दै कार्कीले असन्तुष्ट जनाएका छन् । केही महिनाअघिसम्म मात्र ३० करोडको हाराहारीमा कारोबार भइरहेको थियो तर केही हदसम्म सहज व्यवस्थाले दैनिक कारोबार रकम २ अर्बसम्म पुगेको छ । जसको फलस्वरुप राजश्वका अधिकारीहरुको ध्यान धेरै कर उठाउनेमा केन्द्रीत भएको समेत दावी गरे ।
हकप्रद र बोनस सेयरको आधार मूल्यमै लाभकर लगाउने आन्तरिक राजश्व कार्यालयको विवादास्पद सर्कुलर स्थगन भई अर्थमन्त्रालयबाट बनेको समितिले अध्ययन गरिरहेको समयमा बजारका नियामक बोर्डका अध्यक्षको यस्तो अभिव्यक्ति आएको छ ।
अध्यक्षले बजारलाई ७७ वटै जिल्लासम्म बिस्तार गर्ने काम भइरहेको समेत सो क्रममा बताएका थिए ।








