काठमाडौं, अर्थमन्त्री डाक्टर युवराज खतिवडाले पुनर्निर्माणको महसुस हुने गरी काम छिटो गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
निजी आवास पुनर्निर्माण सम्बन्धी समस्या पहिचान र समाधान बिषयक काठमाडौंमा भउको स्तरीय भेलामा उनले पुनर्निर्माणलाई गति दिन निर्देशन दिएका हुन् । सरकारले निजी आवास पुनर्निर्माणलाई पहिलो प्राथमिकता दिएको र त्यसपछि स्वास्थ्य र शिक्षण संस्थाहरु पुनर्निर्माणको कार्यतालिका रहेको भन्दै सोहि अनुसार काम कामलाई अघि बढाउन आग्रह गरे ।
एक बर्ष्भित्र निजी आवास पुनर्निर्माण गर्ने सरकारी घोषणा भएता पनि हालसम्म ३० प्रतिशत पनि काम नभएको भन्दै कानुनी प्रावधान र अप्ठ्यारोलाई सहजीकरण गर्दै काम गर्न सुझाव दिए । पुनर्निर्माणका लागि कार्यविधिमा असजिलो भए हेरफेर गर्न सकिने समेत बताए ।
करदाताबाट उठाएको कर र विदेशी दातृनिकायबाट लिएको ऋणबाट पुनर्निर्माणको काम भईरहेकोले रकमको सदुपयोग गर्न उनको निर्देशन रहेको छ । कर बृद्धि नगर्दा अनुदान दिने रकम नपुग्ने भएकाले सरकारले कर बढाउनु परेको तर्क उनले दिए ।








