काठमाडौं, सिभिल बैंकको बिक्री नभएको हकप्रद शेयर कर्मचारी सञ्चय कोष र राष्ट्रिय बीमा कम्पनीले किन्ने भएका छन् ।
केहि समय अघि सिभिलले ८ अर्ब पूँजी वनाउन ४० प्रतिशत हकप्रद जारी गरेको थियो । बैंकको शेयर संस्थापक शेयरधनी समेतले खरीद गरेनन ।
कुल २९ करोड ९२ लाख रुपैयाँ बराबरको शेयर बिक्री नभएपछि बैंकले लिलामीमा राख्नु परेको थियो । कुल २९ लाख ९२ हजार २१० कित्ता शेयरको लिलामी गर्दा ३२ लाख २५ हजार ६२० कित्ताको आवेदन परेको छ । जस अन्तर्गत एक सय रुपैयाँ अंकित शेयरमा १५० रुपैयाँसम्म मूल्य हालिएको छ ।
लिलामीमा शेयर बिक्री भएपछि बैंकको चुक्ता पूँजि सात अर्ब २६ करोडको हाराहारीमा पुगेको छ । बैंकले आठ अर्ब चुक्ता पूँजी वनाउन नाफाबाट नगद वा थप हकप्रद शेयर जारी गर्नु पर्नेहुन्छ ।
सिभिलका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङका अनुसार बोनश शेयर दिएर पूँजी पुर्याउने बताए ।








