काठमाडामैं, शुभम् पावर कम्पनीले प्रभावित क्षेत्रका लागि दुई लाख कित्ता प्राथमिक शेयर निष्काशन गरेको छ ।
प्रभाविक क्षेत्रका लागि निष्काशन गरेको कम्पनीको इक्रा रेटिङ ’ग्रेड ५’ छ । उक्त ग्रेड सबैभन्दा कमजोर कम्पनीको लागि हो । कम्पनीको शेयर संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा नं १५ का वासिन्दाले आवेदन दिन पाउने छन् ।
प्रभावित क्षेत्रमा नै विद्युत बिक्री हुने यस आयोजना ३० वर्षपछि सरकारले लिने छ । कम्पनीको चुक्ता पूँजी २० करोड रुपैयाँ रहेको छ ।
संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर रहेको कम्पनीले जेठ २० गतेदेखि छिटोमा असार ३ र ढिलोमा असार २४ गतेसम्म बिक्री खुला गरेको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक सिविआईएल क्यापिटलले जनाएको छ ।
आवेदनको लागि कम्पनीको कार्यालय संखुवासभा चैनपुर, एनएमबि माकइक्रोफाइनान्स, प्राइम कमर्सियल बैंक, एभरेष्ट बैंक र सेञ्चुरी बैंक रहेका छन् ।
धितोपत्र बोर्डले खराव कम्पनीले प्राथमिक शेयर निष्काशन गर्दा आह्वान पत्रको सबैभन्दा माथि खराब कम्पनीको रुपमा चित्रण गर्नु पर्ने निर्देशन दिएको भए पनि साविक अन्य राम्रा कम्पनी निष्काशन गरेको जस्तै आह्वान पत्र निष्काशन गरेको छ ।
एक मेगावाट क्षमताको यो आयोजना २०६८ सालमा नै संचालनमा आएको भए पनि २०७३ सालमा चट्याङ र बाढीका कारणले उत्पादन रोकिएको थियो । खराब ग्रेड रहेको यस कम्पनीका शेयरधनीले आफ्नो लागत फिर्ता पाउन १६ वर्ष पर्खनु पर्नेछ। ।








