वैशाख १६,२०८३ / ०६ : १६ अपरान्ह / 2026-04-29 06:16 pm
      • param ad
      • furniture
      • veera Incorporation

      नेपाल गुणस्तर तथा नापतौल विभाग र महानगरीय ट्राफिक प्रहरीद्धारा संयुक्त रुपमा प्रिन्टर मिटर जडान नगरी सञ्चालन गरीरहेका ट्याक्सी माथी कारबाही शुरु

      - ७ वर्ष अगाडि
      जेष्ठ ७,२०७५

      काठमाडौं, नेपाल गुणस्तर तथा नापतौल विभागले प्रिन्टर मिटर जडान नगरी सञ्चालन गरेका ट्याक्सीहरुलाई कारबाही शुरु गरेको छ । 

      लामो समयदेखि विभागले सूचना जारी गरे पनि प्रिन्टर मिटर जडान नगरेको तथा विभागमा नवीकरण नगरेका ट्याक्सीलाई कारबाही शुरु गरेको हो । यातायात व्यवस्था विभागमा १० हजार ६०० ट्याक्सी दर्ता भए पनि आठ हजार १०० ट्याक्सीमा मात्र प्रिन्टर मेशिन जडान गरिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिएका छन् । 

      दुई हजार ५०० ट्याक्सीले अहिलेसम्म पनि प्रिन्टर मेशिन जडान गरेका छैनन् । उक्त ट्याक्सीमाथि छानबिन भईरहेको समेत जानकारी दिए । 

      विभागले महानगरीय ट्राफिक प्रहरी महाशाखासँग संयुक्त रुपमा आइतबारदेखि कारबाही प्रक्रिया अगाडि बढाएको छ । 

      प्रिन्टर मेशिन जडान नगरेको, नवीकरण नभएको तथा मिटरमा हिँड्न नमान्ने ११९ ट्याक्सीलाई आइतबार कारबाही गरिएको महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले बताए ।

       यसैगरी ट्राफिक महाशाखाले यात्रु ठग्ने ट्याक्सीलाई लक्षित गरेर कारबाहीको जनशक्तिसमेत बढाएको छ । पहिले १५र२० जनाको संख्यामा जनशक्ति खटाउने गरेकोमा अहिले ४० जना जनशक्ति खटाएको महाशाखाको भनाई छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d