वैशाख १६,२०८३ / ०६ : १९ अपरान्ह / 2026-04-29 06:19 pm
      • param ad
      • furniture
      • veera Incorporation

      तोकिएको समयमा नै प्रसारणलाईनको निर्माण कार्य नसके ठेकेदारवाट नै विद्युत् प्राधिकरणले तिर्नुपर्ने पेनाल्टी रकम असुल्ने कुलमानको भनाई

      - ७ वर्ष अगाडि
      जेष्ठ ६,२०७५

      काठमाडौं, तोकिएको समयमा नै प्रसारणलाइन निर्माण नभएकाले जलविद्युत आयोजनाको विद्युत् खेर जाने अवस्था आएमा हालको नियम अनुसार विद्युत प्राधिकरणले त्यस्ता आयोजनालाई पेनाल्टी तिर्नुपर्ने हुन्छ । 

      विद्युत् प्राधिकरणले त्यस्तो क्षतिपुर्ति बापतको रकम अब भने प्रसारणलाइन समयमै निर्माण सम्पन्न नगर्ने ठेकेदारबाट असुलेर जलविद्युत आयोजनाको प्रबर्दधक कम्पनीलाई दिने तयारी भएको छ । सोलु करिडोर समयमै निर्माण नभएका कारण सोलु खोलामा निर्माण भएका आयोजनाहरुबाट विद्युत् खेर जाने देखिएको छ । 

      सोलु करिडोर प्रसारणलाइनमा विद्युत जोड्ने गरि अहिले सोलु खोलामा निजी क्षेत्रका २ हजार १७ दशमलव ५ मेगावाटका ६ जलविद्युत आयोजना निर्माणाधिन रहेका छन् । जयसमध्ये ८२ मेगावाटको तल्लो सोलु र २३ दशमलव ५ मेगावाटको माथिल्लो सोलु आयोजनाको निर्माण सम्पन्न भई प्रसारण लाइन अभावमा विद्युत जोड्न नसकेमा प्राधिकरणले ४५ प्रतिशत हर्जाना पेनाल्टी तिर्नु पर्ने व्यवस्था विद्युत खरिद सम्झौतामा उल्लेख छ ।

      समयमै सोलु करिडोरको निर्माण अघि नबढाएपछि शुक्रबार विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ सहितको टोली तिंलामा निर्माणाधीन १३२र३३र११ केभी सव(स्टेसन र प्रसारण लाइनको स्थलगत निरीक्षण गरेका थिए । ‘प्रसारणलाइन निर्माण समयमै सकिएन भने प्राधिकरणले जलविद्युत आयोजनालाई दिनुपर्ने क्षतीपुर्ति प्रसारणलाइन निर्माण कम्पनीबाटै उठाउने घिसिङले वताए । 

      नेपाल सरकार तथा प्राधिकरणको लगानी र भारतीय एक्जिम बैकको सहुलीयतपूर्ण ऋणमा निर्माण भइरहेको आयोजनाको काम सन् २०१९ को मार्चमा सक्ने लक्ष्य राखिएको छ । तिंला(ओखलढुंगा(उदयपुर(मिर्चैया ९सिराहा० ९० किलोमिटर प्रसारण लाइन आयोजनाले ३०३ टावर निर्माण गर्नु पर्छ । जसमध्ये हालसम्म ५० टावरको जग हालिएको छ भने पाँचवटा खडा गरिएको छ । 

      ठेकेदार कम्पनी मोहन इनर्जीले डिसेम्बर २०१८ भित्रमा तिंलामा सब स्टेसन बनाइसक्ने प्रतिबद्धता जनाएको छ । ‘प्रसारण लाइनमा पर्ने वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानमा देखिएको समस्या समाधान गरिदिन ऊर्जा र वन मन्त्रीलाई आग्रह गर्ने समेत कुलमानले वताए । 
      प्राधिकरणले सोलु करिडोर निर्माणमा केही ढिलाई हुने देखेपछि माथिल्लो सोलुको विद्युत जोड्नका लागि अस्थायी वैकल्पिक व्यवस्थाका रुपमा ओखलढुंगाबाट ३३ केभी प्रसारण लाइन निर्माण र तिंलामा ३३र११ केभीको सव स्टेसन बनाइरहेको छ । यसको काम ६ महिनाभित्रमा सकिने प्राधिकरणका प्रवक्ता एवं व्यापार विभाग प्रमुख प्रवल अधिकारी बताउँछन् ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d