माघ २२,२०८२ / ०४ : १९ पूर्वान्ह / 2026-02-05 04:19 am
      • param ad
      • furniture
      • veera Incorporation

      सुन अब गहना होइन, कीर्तिमान बन्यो : तोलाको भाउ ३ लाख नाघ्यो

      - एक हप्ता अगाडि
      माघ ९,२०८२

      काठमाडौं, हिजोसम्म ‘महँगो’ भनिँदै आएको सुन आज इतिहासकै महँगो बनेर नेपाली बजारमा उभिएको छ । एकैदिन हजारौँ रुपैयाँ उक्लँदै सुनको भाउले ३ लाखको मनोवैज्ञानिक सीमा तोडेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले
      सुनको भाउ प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँ तोकेको छ । 

      यो मूल्य नेपाली बजारकै हालसम्मको उच्चतम कीर्तिमान हो । आज मात्रै सुन प्रतितोला ९ हजार २ सय रुपैयाँ ले बढ्यो । हिजो भने यसको ठीक उल्टो दृश्य देखिएको थियो— सुन २ हजार ९ सय रुपैयाँ घटेर प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 

      सुनको यो असाधारण उछाल नेपाली बजारको मात्र कहानी होइन । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढ्दा त्यसको सीधा प्रभाव नेपालमा परेको देखिन्छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ४ हजार ९५० अमेरिकी डलर नाघिसकेको छ ।

       किन बढ्दैछ सुन ?
      व्यवसायीहरूका अनुसार हाल विश्व राजनीति अस्थिर बन्दै गएको छ । विशेषगरी अमेरिकाको कूटनीतिक र सैन्य गतिविधिका कारण अन्तर्राष्ट्रिय द्वन्द्व चर्किने संकेत देखिएको छ । जोखिम बढ्दै जाँदा विभिन्न देशका केन्द्रीय बैंकहरू
      सुरक्षित लगानीका रूपमा सुनतर्फ फर्किएका छन् ।  

      सुनसँगै चाँदीको भाउ पनि नयाँ उचाइतर्फ लागेको छ । आज चाँदी प्रतितोला ६ हजार १९० रुपैयाँ पुगेको छ— अघिल्लो दिनको तुलनामा ३२० रुपैयाँ बढी हो । हिजो चाँदी ५ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो । विश्व अस्थिर बन्दै जाँदा सुन फेरि एकपटक सबैभन्दा सुरक्षित सम्पत्ति साबित भइरहेको छ । तर उपभोक्ताका लागि भने यो चम्किलो धातु दिनानुदिन झन् टाढिँदै गएको सपना बन्दैछ ।


        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d