माघ २२,२०८२ / ०४ : १९ पूर्वान्ह / 2026-02-05 04:19 am
      • param ad
      • furniture
      • veera Incorporation

      सुनको मूल्य ऐतिहासिक उचाइमा, प्रतितोला २ लाख ८२ हजार पुग्यो

      - २ हप्ता अगाडि
      माघ ५,२०८२

      काठमाडौं, सुनचाँदीको मूल्यले सोमबार फेरि नयाँ इतिहास रचेको छ । एकै दिन तोलामा ४ हजार २ सय रुपैयाँले बढ्दै सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार रुपैयाँ पुगेको छ ।

      नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन सुन प्रतितोला २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । केही दिनअघिमात्र कायम भएको मूल्य रेकर्ड सोमबार तोडिएको हो । 

      यसअघि गत बुधबार सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार रुपैयाँसम्म पुगेको थियो, जुन त्यतिबेलासम्मकै उच्च स्तर थियो ।

      चाँदीको भाउ पनि बढ्दो क्रममा देखिएको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ६२५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १८५ रुपैयाँले उक्लँदै ५ हजार ८१० रुपैयाँ पुगेको छ ।

      यसअघि चाँदीले गत बुधबार प्रतितोला ६ हजार ६५५ रुपैयाँको उच्चतम रेकर्ड बनाएको थियो । सुन र चाँदी दुवैको मूल्यमा आएको उतारचढावले बजारमा चासो र चर्चा बढाएको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d