वैशाख ७,२०८३ / ०९ : २२ पूर्वान्ह / 2026-04-20 09:22 am
      • param ad
      • furniture
      • veera Incorporation

      सुनचाँदीको मूल्य बजारमा फेरी घट्यो

      - एक हप्ता अगाडि
      मंसिर १९,२०८२

      आज सुनचाँदीको भाउ घटेको छ । 

      नेपाल सुनचाँदी व्यवसायी महासंघले तोकेको दरअनुसार, अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ३ सय रुपैयाँ थियो भने, आज घटेर २ लाख ५२ हजार ४ सय रुपैयाँमा भएको छ । 

      त्यस्तै चाँदीको भाउ तोलामा ७० रुपैयाँ घटेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ६२५ रुपैयाँमा कारोबार भएकोमा आज ३ हजार ५५५ रुपैयाँ तय भएको छ । यसअघि चाँदी बुधबार हालसम्मकै उच्च प्रतितोला ३ हजार ६५५ रुपैयाँ पुगेको रेकर्ड छ ।

       त्यस्तै सुनको भाउ असोज ३१ गते हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d