काठमाडौं, अब लघुवित्तबाट १५ लाख रुपैयाँसम्म कर्जा लिन सकिने व्यवस्था गरिएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै लघुवित्त वित्तीय संस्थाहरुले धितोमा १५ लाखसम्म कर्जा दिन पाउने व्यवस्था गरेको हो ।
पहिले लघुवित्तले धितोमा अधिकतम ७ लाख रुपैयाँ मात्रै कर्जा दिन पाउँथ्यो ।
यस्तै राष्ट्र बैंकले जनाएको छ कि लघुवित्तबाट कर्जा लिएका व्यक्तिहरूले भुक्तानीमा समस्या परेमा कर्जा तिर्ने समय र तरिका सजिलै मिलाउन सकिने सुविधा पनि हुनेछ ।
यसअघि बैंक र वित्तीय संस्थामा पैसा उपलब्ध भए पनि धेरै मानिसले कर्जा पाउन सकिरहेका थिएनन् । त्यसैले अब लघुवित्तहरुलाई कर्जा दिने सीमा बढाएर मानिस र साना व्यवसायीलाई आवश्यक रकम सजिलै उपलब्ध गराउने निर्णय गरिएको छ ।








