चैत १८,२०८२ / ०२ : २३ अपरान्ह / 2026-04-01 02:23 pm
      • param ad
      • furniture
      • veera Incorporation

      वीरगञ्ज नाकाबाट निर्यात बढ्यो

      - ३ हप्ता अगाडि
      कार्तिक २१,२०८२

      काठमाडौं, गएको आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट निर्यात बढेको छ । प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनामा २६ अर्ब ५९ करोड रुपैयाँ बराबरका सामान निर्यात भएका छन् ।

      गएको आर्थिक वर्षमा यही अवधिमा आठ अर्ब ८४ करोड रुपैयाँ बराबरका वस्तु निर्यात भएका थिए । चालू आर्थिक वर्षको तीन महिनामा १३ अर्ब ९८ करोड रुपैयाँका छ करोड ७१ लाख तीन हजार तीन सय आठ लिटर भटमासको प्रशोधित तेल निर्यात भएको छ ।

      यसैगरी, चालू आर्थिक वर्षको तीन महिनामा दुई अर्ब सात करोड रुपैयाँ मूल्य पर्ने दुई करोड १२ लाख ४८ हजार तीन सय ८३ लिटर जुस निर्यात भएको छ । 

        सम्बन्धित समाचारहरु