मंसिर २,२०८२ / ०४ : १९ अपरान्ह / 2025-11-18 04:19 pm
      • param ad
      • furniture
      • veera Incorporation

      सुनको भाउमा नयाँ रेकर्ड : आज फेरि १६ सयले बढ्यो

      - एक हप्ता अगाडि
      भाद्र २२,२०८२

      काठमाडौं, आइतबार अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला १६ सय रुपैयाँ बढेर सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ ।

      अघिल्लो दिन प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार प्रतितोला २ लाख १२ हजार पुगेको छ ।

      सुनसँगै चाँदीको मूल्य पनि उच्चतम स्तरमा पुगेको छ । चाँदी प्रतितोला २५ सय रुपैयाँमा कारोबार भइरहेको छ, जुन हालसम्मकै सबैभन्दा महँगो दर हो ।

      सुन–चाँदीको मूल्य आकाशिँदै जाँदा सुन व्यवसायीहरू भने ठूला समस्यामा परेका छन् । भाउ बढेसँगै ग्राहक सुन पसलहरूमा आउनै छाडेका छन् । सामान्य दिनमा पनि सुन किन्नेको चहलपहल रहने बजारमा अहिले सन्नाटा छाएको छ ।

      व्यवसाय थप्पजस्तै भएपछि सुन पसलेहरू चिन्तित बनेका छन् ।
                 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d