काठमाडौँ, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रवार गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो कार्यकालको पहिलो मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।
गभर्नर डा. विश्वनाथ पौडेलले घरजग्गा र शेयर कारोबारमा केही लचक प्रावधान अपनाउँदै सीमा बढाएको छ । बैंक तथा वित्तीय संस्थाहरूबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको विद्यमान एकल ग्राहक कर्जालाई १५ करोडबाट बढाइ २५ करोड रुपैयाँ पुर्याइने मौद्रिक नीतिमा उल्लेख छ ।








