काठमाडौं, नेपाल राष्ट्र बैंकले घर कर्जाको सीमा वृद्धि गरेर तीन करोड रुपैयाँ पुर्याएको छ ।
शुक्रबार आगामी आर्थिक वर्षको लागि मौद्रिक नीति जारी गर्दै गभर्नर डा। विश्वनाथ पौडेलले सो बताएका हुन् ।
यसभन्दा पहिले २ करोड रहेकोमा त्यसलाई वृद्धि गरी ३ करोड पुर्याइएको हो। नयाँ घर बनाउदा वा किन्दा बैंकबाट पाइने कर्जाको सीमा वृद्धि गरेको हो ।
साथै, नयाँ घर बनाउदा ८० प्रतिशत र अन्य घर कर्जामा ७० प्रतिशत कर्जा दिने भएको हो ।








