काठमाडौं, नेपालमा मूल्यवृद्धि दर घटेको तथ्यांक नेपाल राष्ट्र बैंकल सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको आर्थिक तथा वित्तीय स्थिति अनुसार गत वर्षको तुलनामा चालु आर्थिक महँगी दर घटेको देखिएको हो ।
वैशाख मसान्त सम्ममा मूल्य वृद्धिदर २.७७ प्रतिशत रहेको छ भने अघिल्लो वर्ष मूल्य वृद्धिदर ४.४० प्रतिशत थियो । अघिल्लो वर्ष खाद्य तथा पेय पदार्थ समूह र गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धिदर ६.४१ प्रतिशत र ३.०९ प्रतिशत थियो भने यस वर्ष मूल्य वृद्धिदर १.५२ प्रतिशत र ३.४५ प्रतिशत रहेको छ ।
वैशाख महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूह र विविध वस्तु तथा सेवा उप–समूहको मूल्य सूचकाङ्क बढेको छ भने तरकारी उप–समूहको मूल्य सूचकाङ्क घटेको छ ।
तर ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३.२१ प्रतिशतले र शहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २.६१ प्रतिशतले बढेको छ जसले ग्रामिण क्षेत्रमा महँगी दर धेरै देखाउँछ ।








