जेष्ठ ३०,२०८३ / ०५ : ०६ पूर्वान्ह / 2026-06-13 05:06 am
      • param ad
      • furniture
      • veera Incorporation

      यस्तो छ ६ महानगरको बेरुजु रकम कस्को कती ?

      - १ वर्ष अगाडि
      जेष्ठ २,२०८२

      काठमाडौ, देशभरका ६ वटा महानगरपालिकामध्ये सबैभन्दा बढी बेरुजु रकम मेयर बालेन शााह रहेका काठमाडौं महानगरपालिकामा देखिएको छ । महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदन अनुसार महानगरपालिका काठमाडौंमा ६८ करोड २ लाख बेरुजु रहेको छ । 

      काठमाडौंमा २७ अर्ब ५२ करोड ४४ लाख रूपैयाँको लेखा परीक्षण गरेको थियो । यस्तै सबैभन्दा कम बेरुजु विराटनगर महानगरपालिकाको देखिएको छ । मेयर नागेश कोइराला रहेका यस महानगरमा २ करोड ८ लाख ५७ हजार बेरुजु देखिएको छ । यस महानगरको आर्थिक वर्ष २०८०÷८१ मा ६ अर्ब ४४ करोड ७६ लाख रुपैयाँको लेखा परीक्षण गरिएको थियो । यस्तै पोखरा महानगरको ५० करोड ४३ लाख रूपैयाँ बेरुजु देखिएको हो । धनराज आचार्य मेयर रहेको यस महानगरमा १३ अर्ब ४६ करोड ७२ लाखको लेखा परीक्षण गरिएको थियो । 

      त्यस्तै, वीरगञ्जमा २२ करोड ७५ लाख बेरुजु देखिएको छ । यहाँ राजेशमान सिंह मेयर छन् । अन्य तीन महानगरको एक प्रतिशतभन्दा कम बेरुजु रहेको छ । यस्तै मेयर रेनु दाहाल रहेकी भरतपुर महानगरपालिकाको बेरुजु १० करोड २ लाख रूपैयाँ छ । र ०.५२ प्रतिशत रहेको मेयर चिरीबाबु महर्जन रहेका ललितपुरको बेरुजु ५ करोड ५५ लाख देखिएको छ । ललितपुरमा चिरीबाबु महर्जन मेयर छन् ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d