जेष्ठ १२,२०८२ / ०१ : ३२ पूर्वान्ह / 2025-05-25 01:32 am
      • param ad
      • furniture
      • veera Incorporation

      कोशी लगानी सम्मेलनमा ४६ परियोजनामा सम्झौता

      - ३ हप्ता अगाडि
      वैशाख १९,२०८२

      विराटनगर, कोशी प्रदेशमा भएको लगानी सम्मेलनमा ४६ वटा परियोजनामा लगानी गर्ने गरिको सम्झौतामा हस्ताक्षर भएको छ । कोशी प्रदेश सरकारले हिजोबाट शुरु गरेको कोशी प्रदेश लगानी सम्मेलनको समापनमा कोदोको रक्सी उत्पादन गर्ने उद्योगदेखि उद्योग, कृषि र पर्यटनका क्षेत्रमा लगानी गर्ने गरिको सम्झौता भएको छ ।

      परियोजनामा लगानीकर्ताहरुले हस्ताक्षर गरेका हुन् । लगानी सम्मेलनमा १ खर्ब ५२ अर्ब १९ करोड रूपैयाँ बराबरका योजना अगाडि बढाउन सम्झौता भएको कोशी प्रदेश लगानी प्राधिकरणका सीईओ सरोज कोइरालाले बताएका छन् । 

      सम्मेलनमा ऊर्जा र प्रविधिका क्षेत्रमा समेत लगानी गर्नेगरिको सम्झौता भएको कोइरालाले बताए । कोशी प्रदेश सरकारले पहिलो पटक लगानी सम्मेलनको आयोजना गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो उद्घाटन गरेको सम्मेलनमा प्रदेश सरकारले ७१ वटा परियोजना सोकेसिंगका लागि राखेको थियो । लगानी सम्मेलनमा विभिन्न देशबाट लगानीकर्ताहरू आएका थिए ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d