असार ११,२०८२ / ०२ : ०२ पूर्वान्ह / 2025-06-25 02:02 am
      • param ad
      • furniture
      • veera Incorporation

      गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको दोश्रो बार्षिक साधारण सभा सम्पन्न

      - ८ घण्टा अगाडि
      चैत १०,२०८१

      काठमाडौं, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको दोश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष उदिप श्रेष्ठको अध्यक्षतामा विराटनगरको होटल एयरपोर्टमा आज सभा सम्पन्न भएको हो । 

      सभाले आगामी चार वर्षे कार्यकालको लागि २ जना सर्वसाधारण शेयधनी नियुक्त गरेको छ नियुक्त हुनेहरुमा श्रीमती ज्योती अग्रवाल र सुश्री स्रष्टिका श्रेष्ठ रहेका छन् । सभाले अन्य उपयुक्त इन्स्योरेन्स कम्पनीसँग मर्जरका लागि आवश्यक सम्पूर्ण कार्य गर्न र पूँजी वृद्धि गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पारित गरेको छ । 

      /pagegallery/2025032429.jpg

      दोश्रो बार्षिक साधारण सभा को अवसरमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको प्रमुख कार्यक्षेत्रका रुपमा दुरदराजका निम्न आय स्तर भएका व्यक्तिहरुलाई लक्षित गर्दै यसको दायर बढाउदै लैजाने गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत, चिरायु भण्डारीले बताएका छन् । यस्तै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय समेत टुङ्गो लगाएको गर्डियन माइक्रो लाइफ इन्स्योरेन्सका सचिव राम प्रसाद पौड्लले जानकारी गराए ।

      गार्डियन माइक्रो लाइफ नेपाल बीमा प्राधिकरणबाट जीवन लघुबीमा व्यवसाय गर्न इजजातप्राप्त कम्पनी हो । कम्पनीले सभा प्रयोजनार्थ फागुन २६ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा फागुन २५ गतेसम्म कायम शेयरधनीहरुको सभामा बाक्लो उपस्थिती रहेको थियो ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d