फागुन २८,२०८२ / ०६ : ४१ पूर्वान्ह / 2026-03-12 06:41 am
      • param ad
      • furniture
      • veera Incorporation

      बुटवलमा विद्युत् प्रसारण लाइनको मोनोपोल राख्ने काम शुरु

      - १ वर्ष अगाडि
      फागुन २३,२०८१

      बुटवलमा विद्युत् प्रसारण लाइनको चार खुट्टा भएको टावर हटाएर मोनोपोल अर्थात् एउटा मात्रै खुट्टा भएको टावर राख्ने काम थालिएको छ । 

      बुटवल उपमहानगरपालिका–११ कालिकापथको योगिकुटी चोकदेखि होराइजन चोकसम्मको सडक खण्डमा पर्ने प्रसारण लाइनको मोनोपोल राख्ने काम भइरहेको हो । झन्डै एक किलोमिटर सडक खण्डको बीचमा रहेका चारवटा टावरलाई हटाएर राखिने मोनोपोलको जग (फाउण्डेसन) निर्माण भइरहेको छ । फाउण्डेसनको काम १५ दिनभित्रमा सकिने छ । यो सडक खण्डमा ३०÷३० मिटरका दुईवटा र ३२÷३२ मिटरका दुईवटा मोनोपोल जडान गरिने छ । प्रसारण लाइनलाई झन्डै १५ दिन बन्द अर्थात् (सटडाउन) गरेर मोनोपोल जडान गरिने छ । पुरानो टावरलाई हटाइने छ । 

      साथै, तार पनि नयाँ प्रयोग गरिनेछ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणस्थलको अनुगमन गरी गर्मी शुरु हुनुभन्दा पहिले नै मोनोपोल जडान गरिसक्न आग्रह गरेका छन् । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d