चैत ६,२०८१ / १२ : ०२ पूर्वान्ह / 2025-03-20 12:02 am
      • param ad
      • furniture
      • veera Incorporation

      धेरै बजेट खर्च गर्नेमा परराष्ट्र पहिलो, उद्योग मन्त्रालयको सबैभन्दा कम

      - एक हप्ता अगाडि
      माघ २५,२०८१

      काठमाडौं, चालू आर्थिक वर्ष २०८१÷८२ को अर्धवार्षिक अवधिमा परराष्ट्र मन्त्रालयले सबैभन्दा बढी बजेट खर्च गरेको छ । बिहीबार उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक गरेको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनमा परराष्ट्र मन्त्रालयले सबैभन्दा बढी बजेट खर्च गरेको देखिएको हो ।

      चालु आर्थिक वर्षको पुस मसान्तसम्म परराष्ट्र मन्त्रालयले विनियोजित बजेटको कुल ३ अर्ब ४३ करोड रुपैयाँ अर्थात् बजेटको ५०.६४ प्रतिशत खर्च गरेको छ । मन्त्रालयलाई कूल ६ अर्ब ७९ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । परराष्ट्र मन्त्री आर्जु राणा देउवा छिन् । 

      अर्ध वार्षिक अवधिमा बजेट खर्च गर्नेमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय कमजोर देखिएको छ । उद्योग मन्त्रालयले विनियोजित बजेटको ७.६२ प्रतिशत मात्रै खर्च गरेको छ ।  मन्त्रालयलाई विनियोजित कूल ८ अर्ब ८ अर्ब ४ करोड बजेटमा ६१ करोड मात्रै खर्च भएको देखिएको छ । उद्योग मन्त्रालयको  जिम्मेवारी दामोदर भण्डारीले सम्हालेका छन् । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d