फागुन १,२०८१ / ०९ : ३४ पूर्वान्ह / 2025-02-13 09:34 am
      • param ad
      • furniture
      • veera Incorporation

      लमजुङमा अलैँची बिक्रीबाट २२ करोड रुपैयाँ आम्दानी

      - ३ हप्ता अगाडि
      माघ ७,२०८१

      लमजुङ, लमजुङका किसानले यो वर्ष अलैँची बिक्री गरेर २२ करोड रुपैयाँ आम्दानी गरेका छन् । चालू आर्थिक वर्षमा जिल्लामा उत्पादित एक सय ५० मेट्रिक टन अलैँची किसानले बिक्री गरेका छन् ।

       यस वर्ष जिल्लामा प्रतिकिलो एक हजार पाँच सयदेखि दुई हजार चार सय रुपैयाँसम्ममा अलैँची बिक्री भएको छ । त्यसैगरी गएको आर्थिक वर्ष २०८०÷८१ मा किसानले दुई सय ५१ मेट्रिक टन अलैँची बिक्री गरी २४ करोड रुपैयाँ आम्दानी गरेका थिए । गएको वर्ष किसानले प्रतिकिलो एक हजार दुई सय रुपैयाँका दरले अलैँची बिक्री गरेका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ लमजुङका निमित्त वरिष्ठ कृषि अधिकृत हरिबहादुर मिजारले बताएका छन् । 

      उनका अनुसार गएको वर्षको तुलनामा यस वर्ष उत्पादन घटेको हो । सबैभन्दा धेरै मस्र्याङ्दी गाउँपालिकाका किसानले छ हजार सात सय केजी अलैँची बिक्री गरी एक करोड ५० लाख आम्दानी गरेका छन् । अलैँची जोन पकेट क्षेत्रका रूपमा मस्र्याङ्दी गाउँपालिका, बेँसीशहर नगरपालिका, क्व्होलासोथार गाउँपालिका, दोर्दी गाउँपालिका र दूधपोखरी गाउँपालिकालाई घोषणा गरिएको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d