जेष्ठ १२,२०८२ / ०१ : ५९ पूर्वान्ह / 2025-05-25 01:59 am
      • param ad
      • furniture
      • veera Incorporation

      बंगलादेशमा विद्युत् निर्यात सुरु

      - एक हप्ता अगाडि
      कार्तिक ३०,२०८१

      काठमाडौँ । नेपालबाट बंगलादेश विद्युत् निर्यात सुरु भएको छ । आज (नोभेम्बर १५) मा नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यातको उद्घाटन गरिएको हो । 

      विद्युत् निर्यातको उद्घाटन भर्चुअल रुपमा तीन देशका ऊर्जामन्त्रीले गरेका छन् । उद्घाटनसँगै आज राति १२ बजेसम्म नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात हुनेछ । यससँगै नेपाल–बंगलादेशबीच विद्युत् व्यापारको औपचारिक सुरुवात भएको छ ।

      भारतको केन्द्रीय विद्युत् प्राधिकरणले अनुमति दिएसँगै भारतको बाटो हुँदै नेपालको बिजुली बंगलादेश निर्यात हुन थालेको हो । गएको असोज १७ गतेको सम्झौतापछि नेपाल विद्युत् प्राधिकरणले बंगलादेशमा विद्युत् बिक्रीका निम्ति पठाएका दुई आयोजनामा भारतले स्वीकृति दिएको हो ।

      भारतीय सहयोगमा निर्माण भएको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बंगलादेश निर्यात हुनेछ । यी भारतमा विद्युत् निर्यातका लागि स्वीकृति पाइसकेका आयोजना हुन् ।

      नेपाल, भारत र बंगलादेशबीच भएको त्रिदेशीय सम्झौता अनुुसार जुन १५ देखि नोभेम्बर १५ सम्म नेपालबाट बंगलादेशमा विद्युत् निर्यात हुनेछ । तर आज निर्यात भएपछि यो वर्ष (सन् २०२४) मा थप विद्युत् निर्यात हुनेछैन । त्यसपछि २०२५ को जुन १५ देखि फेरि निर्यात सुरु हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । आज सुरुवात मात्रै भएको र आगामी जुनदेखि नियमित रुपमा विद्युत् निर्यात गरिने प्राधिकरणले जनाएको छ । 

      प्राधिकरणले विद्युतको मूल्य भारतरको मुजफ्फरपुर बिन्दुमा पाउने छ । ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नु पर्नेछ । मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत बहरामपुर–भेरमारा ४०० केभी प्रसारण लाइनबाट विद्युत् बंगलादेश पुग्नेछ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d