जेष्ठ १,२०८३ / ०३ : ४० पूर्वान्ह / 2026-05-15 03:40 am
      • param ad
      • furniture
      • veera Incorporation

      अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

      - १ वर्ष अगाडि
      कार्तिक २३,२०८१

      काठमाण्डौ – अमेरिकी डलरको भाउ बढेर अहिलेसम्मकै उच्च भएको छ । हिजो अमेरिकी डलर एकको खरिदर एक सय ३४ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ १६ पैसा रहेकोमा आज बढेर खरिदर एक सय ३४ रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३० पैसा पुगेको छ ।

      नेपाल राष्ट्र बैंकका अनुसार आज युरोपियन युरोको भाउ पनि बढेको छ । हिजो खरिददर एक सय ४४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ८६ पैसा रहेको युरो आज बढेर एकको खरिदर एक सय ४४ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५९ पैसा कायम भएको छ ।

      राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुन्छ ।

        सम्बन्धित समाचारहरु