काठमाण्डौ – सुनको भाउले आज नयाँ कीर्तिमान बनाएको छ । सुन आज एकैदिन दुई हजार दुई सय रुपैयाँले बढेर तोलाको एक लाख ७० हजार नाघेको छ । आज सुन तोलाको एक लाख ७० हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो भाउ अहिलेसम्मकै उच्च हो ।
हिजो धनतेरसको दिन तोलामा एक हजार पाँच सय रुपैयाँले बढेर तोलाको एक लाख ६८ हजार पाँच सय रुपैयाँ पुगेको थियो ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर दुई हजार एक सय बीस रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।