कार्तिक २९,२०८१ / ०८ : १२ पूर्वान्ह / 2024-11-14 08:12 am
      • param ad
      • furniture
      • veera Incorporation

      मुस्ताङमा अहिलेसम्मकै धेरै स्याउ उत्पादन, ९२ करोड भन्दा धेरैको बिक्री

      - २ हप्ता अगाडि
      कार्तिक ८,२०८१

      मुस्ताङ, मुस्ताङमा यस वर्ष अहिलेसम्मकै धेरै स्याउ उत्पादन भएको छ । स्याउ निर्यात गरेर मुस्ताङका किसानले ९२ करोड रुपैयाँभन्दा धेरै भित्र्याएका छन् । कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार यस वर्ष झन्डै सात हजार तीन सय ३० मेट्रिक टन स्याउ उत्पादन भएको छ ।

      यस वर्ष स्याउ फूल्ने र दाना लाग्ने समयमा अनुकूल मौसमका कारण उत्पादन वृद्धि भएको हो । विगतको तुलनामा यस वर्ष झन्डै ३५ प्रतिशतले स्याउको उत्पादन बढेको गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले जनाएको छ । गएको वर्ष मुस्ताङमा ६ हजार पाँच सय ९६ मेट्रिक टन स्याउ उत्पादन भएको थियो ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d