जेष्ठ १,२०८३ / ०४ : ५५ पूर्वान्ह / 2026-05-15 04:55 am
      • param ad
      • furniture
      • veera Incorporation

      सुनको भाउमा लगातार कीर्तिमान, तोलाको एक लाख ६५ हजार रुपैयाँ पुग्यो

      - १ वर्ष अगाडि
      कार्तिक ४,२०८१

      सुनको भाउले फेरि कीर्तिमान बनाएको छ । आज सुनको भाउ ६ सय रुपैयाँले बढेर तोलाको एक लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको भाउ शुक्रवार एकैदिन तोलामा दुई हजार रुपैयाँले बढेर तोलाको एक लाख ६४ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

      यस्तै चाँदीको भाउ पनि आज एकैदिन तोलामा ९५ रुपैयाँले बढेको छ । आज चाँदी तोलाको दुई हजार ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

      भाउ बढेपछि अब नेपाली बजारमा सुनका तयारी गहनाको मूल्य तोलाको झन्डै एक लाख ९० हजार रुपैयाँ पुगेको छ । गहनामा व्यवसायीले ज्याला र जर्तीका नाममा थप १२ देखि १८ प्रतिशत शुल्क जोड्ने गर्छन् । सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारको मूल्य र त्यसमा थप २० प्रतिशत भन्सार शुल्क जोड्छ । बैंक र गहना व्यवसायीको नाफा शीर्षकमा १ प्रतिशत छुट्याइन्छ । त्यसपछि सार्वजनिक मूल्यमा गहना व्यवसायीहरूले १२ देखि १८ प्रतिशत शुल्क लिने गरेका हुन् ।

        सम्बन्धित समाचारहरु