असार ३१,२०८२ / ०७ : १६ अपरान्ह / 2025-07-15 07:16 pm
      • param ad
      • furniture
      • veera Incorporation

      ३७ अंकले बढ्यो सेयर बजार, ७ अर्बमाथिको कारोबार

      - एक हप्ता अगाडि
      असोज २१,२०८१

      सोमबार सेयर बजारको परिसूचक नेप्से ३७.१३ अंक बढेको छ । सो वृद्धिसँगै २६९० अंकमा कायम भएको छ । 

      नेप्से परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । यस दिन नेप्से परिसूचक १.३९ प्रतिशतले बढेर २६९०.७२ विन्दुमा बन्द भएको छ । सोमबार सात अर्ब नौ करोड ५९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार ६ अर्ब १३ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

      आइतबारको तुलनामा कारोबार रकम ९८ करोड ७७ लाख रुपैयाँले वृद्धि भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । १७७ कम्पनीको सेयर मूल्य बढेको छ । ६६ कम्पनीको सेयर मूल्य घटेको छ । 

      विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य स्थिर छ । 

      कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये फाइनान्स र उत्पादन तथा प्रशोधन समूहको परिसूचक घटेको छ । अरू सबै समूहको परिसूचक बढेको छ ।

        सम्बन्धित समाचारहरु