जेष्ठ १,२०८३ / ०४ : ५८ पूर्वान्ह / 2026-05-15 04:58 am
      • param ad
      • furniture
      • veera Incorporation

      बाढीपीडितलाई सहयोग गर्न नेपालका दलहरूलाई चीनले दियो राहत सामग्री

      - १ वर्ष अगाडि
      असोज १९,२०८१

      काठमाडौं, चीनले नेपालका बाढीपीडितलाई राजनीतिक दलहरुमार्फत राहत सामग्री उपलब्ध गराएको छ । आज काठमाडौंमा एक कार्यक्रमकाबीच चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले दलका प्रतिनिधिहरुलाई राहत सामग्री प्रदान गरेको हो । 

      चीनको विदेश विभागले १ करोड ९० लाख बराबरको राहत सामग्री हस्तान्तरण गरेको काँग्रेस केन्द्रीय सदस्य मधु आचार्यले जानकारी दिए ।  काँग्रेसका मधु आचार्य, एमालेका गोपाल खनाल, नेकपा एकीकृतका रामकुमार भट्टराई र माओवादीका प्रतिनिधिले राहत ग्रहण गरे । अन्य दलमार्फत पनि राहत उपलब्ध गराउने चिनियाँ प्रतिनिधिले जानकारी दिए । 

      राहत सामग्रीमा घरायसी कामका किट्स, ठुला टेन्ट, स्वास्थ्य उपकरण, मिनरल वाटर, खाद्यान्न लगायत छन् । आज प्रदान गरिएको सामग्री काठमाडौं १२ का पीडितलाई वितरण गरिने नेता आचार्यले जानकारी दिए । उनका अनुसार दलहरुको सिफारिसमा अन्य क्षेत्रका लागि समेत चीनले सहयोग प्रदान गर्नेछ । कार्यक्रममा चीनको  सद्भाव र सहयोगका लागि नेताहरूले धन्यवाद दिएका थिए ।

      /pagegallery/2024100590.jpg

        सम्बन्धित समाचारहरु