असोज २८,२०८१ / ०८ : ४९ पूर्वान्ह / 2024-10-14 08:49 am
      • param ad
      • furniture
      • veera Incorporation

      उखु र दूध किसानको बक्यौता तिर्न कृषि मन्त्रालयले ग¥यो २ अर्ब निकासा

      - २ हप्ता अगाडि
      असोज ११,२०८१

      काठमाडौं, सरकारले दुग्ध तथा उखु किसानको बाँकी बक्यौता रकम उपलब्ध गराउने प्रक्रिया सुरु गरेको छ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीको विशेष पहलमा दुग्ध तथा उखु किसानका लागि झन्डै २ अर्ब रुपैयाँ निकास भएको हो ।

      दुग्ध किसानको बक्यौता रकम तिर्नका लागि शुक्रबर मात्र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ऋण लगानीको तमसुक तथा भुक्तानीका लागि अनुमति दिएको छ भने ८ जिल्लाका उखु किसानले पाउनुपर्ने १ अर्ब ४५ करोड बढी रकम कृषि मन्त्रालयले रकमान्तर गरी भुक्तानीका लागि जिल्लामा पठाएको हो ।

       अब कञ्चनपुर, नवलपरासी पश्चिम, बारा, रौतहट , सर्लाही, महोत्तरी, सिराहा र सुनसरी जिल्लाका उखु किसानले पाउनुपर्ने रकमका लागि एक अर्ब ४५ करोड ३२ लाख २१ हजार ८६८ रुपैयाँ सम्बन्धित जिल्लालाई पठाएको हो । उखु किसानले अनुदान बापत पाउनुपर्ने रकम दसैँ अघि नै पाउने भएका छन् ।

        सम्बन्धित समाचारहरु