असोज २८,२०८१ / ०९ : १० पूर्वान्ह / 2024-10-14 09:10 am
      • param ad
      • furniture
      • veera Incorporation

      असोज १३ गतेदेखि सुकिला नोट साट्नको व्यवस्था सुरु हुने

      - १ महिना अगाडि
      भाद्र २६,२०८१

      यस वर्षको दसैँ र अन्य चाडपर्वका अवसरमा असोज १३ गतेदेखि सुकिला नोट साट्नको व्यवस्था सुरु हुने भएको छ ।

      नेपाल राष्ट्र बैंकले आफ्नो केन्द्रीय कार्यालय, प्रदेशस्तरीय कार्यालयहरू र विभिन्न बैंकहरुमार्फत नोट साट्नको सुविधा प्रदान गर्ने व्यवस्था मिलाएको छ ।

      राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखरेलका अनुसार, सुकिला नोट साट्नका लागि असोज १३ गतेदेखि प्रारम्भ गर्न लागिएको हो । यस वर्षको लागि नयाँ नोट साट्नको कुनै व्यवस्था गरिएको छैन ।

      सुकिला नोट साट्न चाहने व्यक्तिहरूले ५, १०, २०, ५० र १०० दरको एक सेट नोट साट्न सक्नेछन् ।

        सम्बन्धित समाचारहरु