फागुन १,२०८१ / ०९ : १७ पूर्वान्ह / 2025-02-13 09:17 am
      • param ad
      • furniture
      • veera Incorporation

      तिजको दिन सुनको भाउमा नयाँ रेकर्ड

      - ५ महिना अगाडि
      भाद्र २१,२०८१

      आज हरितालिका तिजको दिन सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । गएको सोमवारदेखि भाउ घटबढ नभएको सुन आज शुक्रवार तोलामा एक हजार तीन सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको हो ।

      सोमवार, मङ्गलवार, बुधवार र बिहीवार गरी लगातार चार दिन सुनको भाउ स्थिर रहेर तोलाको एक लाख ५२ हजार रुपैयाँमा कारोबार भएको सुन आज तोलाको एक लाख ५३ हजार तीन सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि गएको भदौ १३ गते अहिलेसम्मकै उच्च तोलामा एक लाख ५३ हजार दुई सय रुपैयाँ पुगेको थियो ।

      त्यस्तै आज चाँदीको भाउ ३० रुपैयाँ बढेको छ । हिजो एक हजार सात सय ६५ रुपैयाँ रहेको चाँदी आज तोलाको एक हजार सात सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d