भाद्र २३,२०८१ / ०८ : ४५ पूर्वान्ह / 2024-09-08 08:45 am
      • param ad
      • furniture
      • veera Incorporation

      सेयर बजारमा उच्च गिरावट, नेप्सेमा २७३९ अंकको गिरावट

      - ३ दिन अगाडि
      भाद्र १९,२०८१

      काठमाण्डौं - बुधबार सेयर बजार उच्च अंकले घटेको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ९०.७३ अंक घटेर २७३९ अंकमा कायम भएको छ । नेप्सेको गिरावटसँगै कारोबार रकम पनि केही घटेको छ ।

      अघिल्लो दिन १३ अर्ब ५७ करोडको कारोबार भएकोमा आजको कारोबार रकम १२ अर्ब ९२ करोड रहेको छ । ३१ कम्पनीको मूल्य बढ्दा २१३ कम्पनीको मूल्य घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रह्यो ।

      सम्पूर्ण क्षेत्रका सूचकहरू घटेका छन् । बैंकिङ ३.१, विकास बैंक २.२, फाइनान्स ५.१, होटल तथा पर्यटन ४.४, हाइड्रोपावर ३.५, लगानी ३.५, जीवन बीमा ३.७, उत्पादन २.५, माइक्रोफाइनान्स १.३, निर्जीवन बीमा २.७, अन्य ३.७ र व्यापार समूह २.६ प्रतिशत घटेका छन् ।

      तर, बजारको गिरावटका बावजुद ५ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । एक्सल डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, सामुदायिक लघुवित्त, समाज लघुवित्त, र इस्टर्न हाइड्रोपावरका मूल्यहरू १० प्रतिशतले वृद्धि भएका छन् ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d