जेष्ठ १,२०८३ / ०४ : ५६ पूर्वान्ह / 2026-05-15 04:56 am
      • param ad
      • furniture
      • veera Incorporation

      सुनको भाउमा नँया रेकर्ड : तोलाको एक लाख ५० हजार आठ सय रुपैयाँ

      - १ वर्ष अगाडि
      श्रावण २९,२०८१

      काठमाण्डौ - सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । सुन आज एकैदिन तोलाको दुई हजार एक सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च एक लाख ५० हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा एक लाख ४८ हजार सात सय रुपैयाँ रहेको थियो ।

      यसअघि अघिल्लो हप्ताको सोमवार सुन अहिलेसम्मकै उच्च एक लाख ५० हजार रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदीको भाउ पनि आज २५ रुपैयाँले बढेर तोलाको एक हजार सात सय ४० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार सात सय १५ रुपैयाँ थियो ।

        सम्बन्धित समाचारहरु