जेष्ठ १२,२०८२ / ०१ : ५७ पूर्वान्ह / 2025-05-25 01:57 am
      • param ad
      • furniture
      • veera Incorporation

      शेयर बजारमा नयाँ उचाइ : कारोबार २१ अर्ब ९१ करोड रुपैयाँमा पुग्यो

      - ३ हप्ता अगाडि
      श्रावण १६,२०८१

      काठमाडौं, बुधबार शेयर बजारमा कारोबारको रकमले नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ । यस दिन कुल २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि अघिल्लो बुल चरणमा ३१ साउन २०७८ मा २१ अर्ब ५३ करोड रुपैयाँ बराबरको उच्च रेकर्ड बनेको थियो ।

      अघिल्लो चरणको बुल मार्केटको कारोबार रेकर्ड तीन वर्षपछि तोडिएको हो । आज हिमालयन रिइन्सुरेन्स कम्पनीको शेयर कारोबार मात्र ८४ करोड ४९ लाख रुपैयाँ बराबर भएको छ । यसै दिन, सेयर बजारको परिसूचक नेप्से ६४.२५ अंक सकारात्मक दिशामा अघि बढेको छ । यस वृद्धि पछि, नेप्से परिसूचक २७६०.९०  अंकमा पुगेको छ ।

      आजका दिन सबै समूहका शेयरहरूमा उल्लेखनीय वृद्धि भएको छ । विशेषगरी बीमा, फाइनान्स, होटल, विकास बैंक, उत्पादन र व्यापार समूहका शेयरहरू उच्च दरमा बढेका छन् ।

      आज १० वटा कम्पनीका शेयर,  १० प्रतिशतले वृद्धि हासिल गरेका छन् भने ११ वटा कम्पनीको शेयरको मूल्य नौ प्रतिशतभन्दा धेरैले वृद्धि भएको छ । तर, समग्र बजारको वृद्धिसँग सिभिल बैंक डिबेन्चर २०८८ को शेयर लगभग आठ प्रतिशतले घटेको  छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d