जेष्ठ १२,२०८२ / ०१ : २६ पूर्वान्ह / 2025-05-25 01:26 am
      • param ad
      • furniture
      • veera Incorporation

      सुनको मुल्यमा किन वृद्धि ?

      - ३ हप्ता अगाडि
      श्रावण १५,२०८१

      काठमाडौं, कोभिड–१९ महामारीपछि नेपालमा सुनको मूल्यमा लगातार वृद्धि भइरहेको छ । अहिले सुनको मूल्य प्रति तोला १ लाख ४६ हजार रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यद्यपि, यो मूल्य वृद्धिका कारणहरूबारे धेरै ग्राहकहरूमा चासो रहेको छ । 

      अहिले निरन्तर सुनको भाउ उकालो लाग्नुमा खासगरि अमेरिकी नीति तथा विश्वका विभिन्न भागमा जारी अशान्ति कारक रहेको विश्लेषण गरिएको छ । रुस र युक्रेन बीचको युद्धले पनि सुनको मूल्यमा ठूलो प्रभाव परेको छ । युद्धको कारणले विश्वव्यापी ऊर्जा र खाद्य मूल्यमा वृद्धि भएको छ, जसले लगानीकर्ताहरूलाई सुनमा सुरक्षित ठान्न प्रेरित गरिरहेको छ । रुसको ऊर्जा आपूर्तिमा समस्या आउँदा, त्यसको परिणामस्वरूप महंगाई र अनिश्चिततामा वृद्धि भएको छ ।

      सुनको मूल्यमा यो वृद्धि ग्राहकहरूका लागि चिन्ताको विषय बनेको छ । धेरै ग्राहकहरू अब गहना किन्ने निर्णयमा पुनर्विचार गरिरहेका छन् । चाडपर्वको समयमा सुनको मांग बढी हुने हुँदा, ग्राहकहरूले मूल्य स्थिर हुने आशा राखेका छन् ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d