माघ १२,२०८१ / ०९ : ०४ पूर्वान्ह / 2025-01-25 09:04 am
      • param ad
      • furniture
      • veera Incorporation

      चुनौतीले जन्माएको भुपेन्द्रको साथी अचार

      - ३ हप्ता अगाडि
      श्रावण १५,२०८१

      विराटनगर,  वि.सं २०७५ सालमा धर्तीको पहिलो धाम बराहक्षेत्रका युवा उद्यमीहरुले ४ बिगा क्षेत्रफल जग्गामा कागतीको व्यवसायीक खेती शुरु गरी साथि खाद्य उद्योग स्थापना गरेका हुन् । नेपालमा नै स्वरोजगार हुने उद्देश्यले स्थापना गरीएको उद्योग बराहक्षेत्र नगरपालिका वार्ड नं. २, सुनसरीमा अवस्थित छ । उद्योग संञ्चालन गर्दै आएका बराहक्षेत्रका उद्यमीले आफैले उत्पादन गरेको अर्गानिक कागतीेबाट अचार र अचार बनाउने कच्चा सामाग्री समेत भण्डारण गरी थोक बिक्रेताको रुपमा वितरण गर्दै आएको छ । 

      स्वदेशमा नै कृषिमा केही गर्ने उदेश्यले ७ बर्ष अघि उद्योगका संञ्चालक भुपेन्द्र दाहालले कागती खेती सुरु गरेका थिए । नेपालमा माहामारीको रुपमा फैलिएको कोभिडको कारण उनले त्यस समयमा उत्पादन गरेको कागती फाल्नुपर्ने अवस्थामा पुगेका थिए । तँ चिता म पु¥याउँछु भने जस्तौ त्यसैबेला उनको सोच परिवर्तन भयो र हजुरआमाको स्वादमा परम्परागत नेपाली अचारको व्यवसायिक रुप दिन साथि खाद्य उद्योगको स्थापना  भएको हो । 

      अहिले कागती मात्रै होइन स्थानीय स्रोत साधनहरुको उपयोग गर्दै उद्योगले विभिन्न परीकारमा उच्च गुणस्तरको अचार उत्पादन गर्दै आएको छ । उपभोक्ताहरुको स्वास्थ्यलाई ध्यानमा राख्दैे गुणस्तर र स्वच्छतामा कुनै सम्झौता नगरी उत्पादन गरेको अचारहरु देशका विभिन्न जिल्लाका बजारहरु तथा विदेश सम्म पुग्ने गरेको छ । स्थानिय बजारमा सफलता पाए पछि साथि अचारले राष्ट्र स्तरमा प्रवेश गर्यो त्यसै गरी अन्तराष्ट्रिय स्तरमा पनि स्थान ओगटेको छ ।  त्यसैले अहिले साथि अचार सबैको प्रमुख रोजाईमा पर्न थालेको उद्योगका संञ्चालक भुपेन्द्र दाहालले बताउँदै आएका छन् । 

      साथी खाद्य उद्योगले उत्पादन प्रक्रियामा गुणस्तर र सफाइमा विशेष ध्यान दिइन्छ । कच्चा पदार्थको छनौट, सफाइ, मसला तयारी, र प्याकेजिङका सबै चरणमा उच्च मापदण्ड अपनाएर घरकै जस्तो स्वाद भएको अर्गानिक कागतीको अचार,मिक्स अचार,अकबरे खुर्सानीको अचार, तामाको अचार लगायत विभिन्न प्रकारका अचारहरु उपलब्ध गराउने गरेको छ ।

       । परम्परागत नेपाली मसला र आधुनिक प्रविधिको संयोजनले उत्पादन गरिएका अचारहरू स्वादिष्ट र पौष्टिक मानिने गरेको छ । 

      हाल उद्योगले स्थानिय स्तरमा रोजगारीको सृजना गर्दै स्थानीय कृषकहरूलाई रोजगारीका अवसरहरू प्रदान गर्दै उनीहरूको आर्थिक स्थितिमा सुधार समेत ल्याएको छ । उद्योगले स्वच्छता, स्वाद र पोषणको विशेष ध्यान राख्दै गुणस्तर उत्पादन गर्दै उपभोक्ता बिच लोकप्रिय बनेको छ । नयाँ नयाँ स्वाद र विभिन्न परीकारहरु प्रयोग गरेर भविष्यमा अन्तराष्ट्रिय बजारमा अझ उपस्थित जनाउने लक्ष्य साथि उद्योगले राखेको छ । साथी खाद्य उद्योगले नेपाली अचारलाई गुणस्तरिय रूपमा उत्पादन गरेर अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने प्रयासले अन्य क्षेत्रका उद्योगहरूलाई पनि प्रेरणा दिनेछ । यसको सफलताले नेपालमा कृषि उत्पादनको विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d