भाद्र २३,२०८१ / ०८ : ५८ पूर्वान्ह / 2024-09-08 08:58 am
      • param ad
      • furniture
      • veera Incorporation

      विराटनगरको सूर्योदयले जापानमा पहिलो पटक परम ब्राण्डको घ्यु निर्यात गर्न थाल्यो (भिडियोसहित)

      - एक हप्ता अगाडि
      जेष्ठ १३,२०८१

      विराटनगर, सूर्योदय मिल्क एण्ड बेभरेज इन्डस्ट्री प्रा.लि. विराटनगरले आइतबार परम ब्राडको घिउको जापान निर्यातको औपचारीक शुभारम्भ गरेको छ ।

      उद्योग, कृषि तथा सहकारी मन्त्रालय र सूर्योदय मिल्क एण्ड बेभरेज इन्डस्ट्री प्रा.लि.विराटनगरको सहकार्यमा कोशी प्रदेशबाट पहिलो पटक घिउको निर्यातको सुरुवात गरीएको हो । 

      /pagegallery/2024052628.jpg

      कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सूर्योदय मिल्क एण्ड बेभरेज उद्योग प्रालि विराटनगर–१४ द्वारा उत्पादन घ्यू जापान निर्यात हुने कार्यकोे उदघाटन गर्दै कृषिको उत्पादन र उपादकत्व बढाउन आयातलाई प्रतिस्थापन गर्दै रोजगारी वृद्धिमा सहयोग पु¥याउने काम गरिरहेको जानकारी दिए । उनले प्रदेश सरकारको अनुभूति गराउन कृषि र उद्योग क्षेत्रमा सहयोग उपलब्ध गराउँदै आएको बताए । यस्तै कोशी प्रदेशबाट वार्षिक ५० टन घ्यु जापान निर्यात गर्ने कुराको सम्झौता हुनु गौरवको विषय कुरा भएको भन्दै गुणस्तरमा विशेष ध्यान दिन समेत आग्रह गरे । 

      /pagegallery/202405263.jpg

      सूर्योदय मिल्क एण्ड बेभरेज इन्डस्ट्रीका सञ्चालक मनोज यादवले जापानको क्रेता कम्पनीसित किलोको ७ दशमलव ३६ डलरमा वार्षिक ५० टन परम ब्रान्डको घिउ आपूर्ति गर्ने सम्झौता भएको जानकारी दिए । सूर्योदयले पहिलो चरणमा १२ सय किलो घिउ जापान पठाएको छ । यादवका अनुसार जापानको कम्पनीले घिउ सँगै चिया, चिउरा र मह पनि पठाउन भनेपछि सूर्याेदयले अन्य उद्योगसित खरिद गरेर ३ हजार ३३६ किलो हाइलाइफ ब्रान्डको चिया, ३ हजार ३३२ किलो हाइलाइफ ब्राडन्कै चिउरा र १२ सय किलो माउन्टेन ब्रान्डको मह पनि पठाएको छ । उनले जापानको कम्पनीले आफ्नो सजिलोका लागि अन्य वस्तुको पनि माग गरेको स्पष्ट पारे । साथै आगामी दिनमा वार्षिक ५० हजार किलो घिउ जापानमा निर्यात गरन सकने क्षमता रहेको घोषणा गरे ।

      /pagegallery/2024052689.jpg

      यस्तै उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव लेखराज दाहालले सूर्योदय मिल्क एण्ड बेभरेज इन्डस्ट्रीलले गरेको कामको प्रशंसा गर्दै प्रदेशमा दूध उत्पादन वृद्धि भई तराईमा धुलो दूध, पहाडी क्षेत्रमा छुर्पी उत्पादन हुने गरेकाले सरकाले घ्यू, धुलो दूध उत्पादनमा अनुदान उपलब्ध गराएको जानकारी दिए । 

      नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले उत्पादन लागत वृद्धिले डेरी उत्पादन निर्यातमा समस्या आएको बताए । मुलुकमा दैनिक ६२ लाख लिटर दूध उत्पादन हुनका साथै ३१ लाख बजारमा बिक्रीका लागि जाने गरेको उनको भनाइ छ । दैनिक छ करोड रकम ग्रामीण क्षेत्रका किसानले प्राप्त गर्ने र ४० हजार जनाले प्रत्यक्ष रोजगारी पाएको उनले जानकारी दिए । 

      यस्तै पुर्व प्रदेश सांसद जयराम यादवले आफ्नो जन्मस्थानलाई चिनाउन भतिज मनोज यादवको टीमले ठूलो भूमिका खेल्दै महत्वपूर्ण योगदान पु¥याएको भन्दै खुसी व्यक्त गरेका थिए । 

      /pagegallery/2024052630.jpg

      कोशी प्रदेश सरकारले प्रदेशमा धुलो दुध उत्पादनका लागि दुग्ध विकास आयोजना विराटनगरलाई पाँच करोड, सगरमाथा सहयोग दूध उत्पादन केन्द्र तरहरा सुनसरीलाई २० करोड र सूर्योदयलाई दुई करोड सहयोग उपलब्ध गराएको छ । विराटनगर १४ मा स्थापित उक्त डेरीले अत्याधुनिक प्रविधिबाट दैनिक ३० हजार लिटर दुधको प्रशोधन गरेर पाउडर उत्पादन गर्दै आएको छ भने दहि पनिर बटर लगायत विभिन्न डेरीका प्रोडक्टहरु उत्पादन गर्दै आएको छ । यसरीनै प्रदेश सरकारले सबै क्षेत्रमा सहयोग गर्ने हो भने अर्थत्रन्त्र सवल हुनुका साथै दैनिक हजारौको संख्यामा विदेशीएका नेपालीहरुको संख्यामा कमि आनेथियो । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d