असोज २८,२०८१ / ०१ : १२ पूर्वान्ह / 2024-10-14 01:12 am
      • param ad
      • furniture
      • veera Incorporation

      सोमबार कारोबार रकम बढ्यो, १२ उपसमूहको सूचक हरियाली

      - ११ महिना अगाडि
      कार्तिक २१,२०८०

      काठमाडौं, सेयर बजारमा दोस्रो कारोबार दिन सोमबार दोहोरो अंकले बढेको बजारले आज पनि निरन्तरता पाएको हो। आज नेप्से परिसूचक ११ .२२ अंकले बढेर १८५८.७६ विन्दुमा बन्द भएको छ। सोमबार नेप्से २१.३० अंकले बढेको थियो।

      कारोबारमा आएका १४४ कम्पनीको मूल्य बढ्दा सेयर बजार बढेको हो। दोहोरो अंकले बढेको बजारमा ८३ कम्पनीको मूल्य घट्दा १२ को स्थिर रह्यो। यसदिन ६०० पटकको कारोबारमा २८५ स्क्रिप्टको ४३ लाख ३१ हजार २२९ कित्ता सेयर ९९ करोड ६५ लाख ८६ हजार २९१ रुपैयाँमा खरिदबिक्री भए।

      नेप्से बढेसँगै सोमबारको तुलनामा कारोबार रकम करिब ६ करोडले बढी हो।  सोमबार ९३ करोड ८९ लाख २९ हजार ४० रुपैयाँको सेयर कारोबार भएको थियो। आज लक्ष्मी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक कमाए। कम्पनीको सेयर मूल्य  ८.१६ प्रतिशतले बढ्दा सोनापुर मिनरल्स एन्ड ओयलको ५।२८,सिटीजन लाइफ इन्स्योरेन्सको ५.०३,मल्टीप्रपोज फाइनान्सको ४।६३ कारोबार रकमको आधारमा शीर्ष पाँचभित्र परे।

       यता स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ८.२६ प्रतिशतले घट्यो। सिद्धार्थ प्रिमेयर इन्स्योरेन्सको ५.९९,बराही हाइड्रोपावर पब्लिकको ३.१९,बलेफी हाइड्रोपावरको ३.०५ प्रतिशतले सेयर मूल्य घट्यो।

      यसदिन  हिमालयन बैंकको सर्वाधिक ९ करोड १६ लाख ४४ हजार रुपैयाँको  सेयर कारोबार भयो। यसैगरी माछापुच्छ्रे बैंकको ६ करोड लाख बराबरको सेयर कारोबार हुँदा सोनापुर मिनरल्सको ५ करोड ९२ लाख,सानिमा जीआईसी इन्स्योरेन्सको ५ करोड ३९ लाख र साल्टी होटलको ३ करोड ७४ लाख सेयर कारोबार भयो।

      नेप्से बढेको दिन सेन्सेटिभ इण्डेक्स २.४६ अंकले बढेर ३५८.१९ विन्दुमा कायम भएको छ।  कारोबारमा आएकामध्ये १२ उपसमूहको सूचक बढेका छन्। जसमध्ये फाइनान्स,इन्भेष्टमेन्ट,लाइफ इन्स्योरेन्स र अदर्शको सेयर १ प्रतिशत बढीले बढ्यो।

        सम्बन्धित समाचारहरु