जेष्ठ ३१,२०८१ / ०७ : ०९ पूर्वान्ह / 2024-06-13 07:09 am
      • param ad
      • furniture
      • veera Incorporation

      नागरिक उड्डयन प्राधिकरणले ल्यायो साढे ३६ अर्बको बजेट

      - ९ महिना अगाडि
      भाद्र २१,२०८०

      काठमाडैं, नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले चालु आर्थिक वर्ष २०८०/ ८१ का लागि साढे ३६ अर्बको बजेट विनियोजन गरेको छ ।

      प्राधिकरण सञ्चालक समितिको बैठकले चालु आर्थिक वर्षका लागि ३६ अर्ब ६६ करोड ६४ लाख बजेट स्वीकृत गरेको हो ।

      प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार प्राधिकरणले उड्डयन तथा हवाई सुरक्षा सुदृढीकरण, पूर्वाधार विकास, विमानस्थल सञ्चालनलगायत प्राथमिकताका क्षेत्र निर्धारण गरी चालु आर्थिक वर्षको बजेट बिनियोजन गरिएको छ ।

      अन्तर्राष्ट्रिय संघ संस्थाबीच सहकार्य, यात्रु सेवा सुविधा अभिवृद्धि, आय वृद्धि तथा आर्थिक अनुशासन, मानव संशाधन विकासलगायतलाई बजेटले प्राथमिकता दिएको प्रवक्ता निरौलाले उल्लेख गरे ।

      प्राधिकरणले चालु आर्थिक वर्षमा १५ अर्ब ८८ करोड २५ लाख आम्दानी गर्ने लक्ष्य लिएको छ । यस्तै ऋणरसेयर लगानीका रूपमा ६ अर्ब ६४ करोड प्राप्त हुने अनुमान गरिएको छ ।

      प्राधिकरणले पुँजीगत खर्चका लागि १९ अर्ब ३ करोड ८८ लाख विनियोजन गरेको छ भने कर्मचारी खर्चमा २ अर्ब ११ करोड ७१ लाख छुट्याएको छ । प्राधिकरणले कार्य सञ्चालन खर्च ४ अर्ब ३४ करोड र कर्मचारीको बोनसमा ५ अर्ब ८९ विनियोजन गरेको छ ।

        सम्बन्धित समाचारहरु